बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • कोरोना संक्रमित पूर्व सभामुख महाराकी पत्नी सीताको निधन
समाचार

कोरोना संक्रमित पूर्व सभामुख महाराकी पत्नी सीताको निधन

कात्तिक १९,

पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ  ।

बुधबार बिहान ६ : २५ मिनेटको समयमा उनकी श्रीमती सीता महराको निधन भएको हो । उनलाई माइस्थानिय रोगबाट ग्रसित थिइन् ।

त्यस्तै उनलाई कोरोना भाइसर संक्रमण पुष्टि भएको थियो । उनको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । उनलाई भेनटिलेटरमा राखेर उपचार भैरहेको थियो ।

सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन्। उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन्।

उनको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलगाएत विभिन्न मन्त्रीहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु