मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे, विमानस्थलमा पत्रकारलाई रोक ! [फोटोसहित]
समाचार

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे, विमानस्थलमा पत्रकारलाई रोक ! [फोटोसहित]

कात्तिक १९,

काठमाडौं । भारतका सेनाध्यक्ष मनोज मुकुनद नरवाणे नेपाल आइपुगेको छन् । उनी भारतीय सनाको विशेष विमानबाट आएका हुन् ।

तर उनी आएको समाचार संकलनमा पुगेको विभिन्न संचारमाध्यका पत्रकालरलाई भने रोक लागईएको छ । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल आएका हुन्।

उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।

नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।

करिब ७० वर्षदेखि नेपाल-भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ। भारत स्वतन्त्र भए देखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो। सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।

नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।

फोटोहेर्नुहोस्

Image

Image

Image

Image

फेसबुक प्रतिक्रियाहरु