शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कोरोना संक्रमित नेपाली कांग्रेसका नेता तथा संसद मीन विश्वकर्माको स्वास्थ्यमा सुधार : चाँडै निकोहोस् भन्दै दलित संघको कामना
समाचार

कोरोना संक्रमित नेपाली कांग्रेसका नेता तथा संसद मीन विश्वकर्माको स्वास्थ्यमा सुधार : चाँडै निकोहोस् भन्दै दलित संघको कामना

कात्तिक १८,

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसद एमं पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ । गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत रहेका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि केही दिन घरमै होम आइसोलेसनमा बसेका थिए । उनलाई संक्रमणले थप ग्रसित पारेपछि अस्पताल भर्ना गरिएको थियो । नेपाली कांग्रेसले पनि नेता विश्वकर्माको उपचारमा सचेत हुन सरकारलाई सचेत गराएको छ ।

विश्वकर्माको स्वास्थ्यमा दिन प्रतिदिन सुधारको क्रममा रहेको नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले जुनेली न्युजलाई जानकारी दिए । उनी ८ दिनदेखि अस्पतालमा उपचाररत रहेका छन् । उनलाई घाँटी र फोक्सोमा टन्सिल भएको उपचाररत चिकत्सकहरुले बताएका छन् । विश्वकर्माको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

साथै नेपाल दलित विद्यार्थी संघले मंगलबार साँझा ग्राण्डी अस्पतालको प्राङ्गाणमा विश्वकर्माको स्वास्थ्य लाभको कामनाको आयोजना गरेको छ । उपचाररत नेता विश्वकर्माको स्वास्थ्यको कामना गर्दै चाँडो भन्दा चाँडो निकोहोस् भन्दै स्वास्थ्य लाभको कामना गरेको संघका अध्यक्ष सुनारले बताए।

फेसबुक प्रतिक्रियाहरु