आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • खुल्ला मञ्चमा खाना खुवाउने काम निरन्तर राख्न गगनको आग्रह
समाचार

खुल्ला मञ्चमा खाना खुवाउने काम निरन्तर राख्न गगनको आग्रह

कात्तिक १८,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा खाना खुवाउने कार्यलाई निरन्तर दिन आग्रह गरेका छन् । सोमबार काठमाडौँ महानगरपालिकाले खाना खुवाउने काम रोक्न निर्देशनको दिएको थियो । महानगरपालिकाले सोमबार आफ्नो नगरपालिकाको बेज्जत भएको भन्दै खाना खुवाने कार्य रोक्न भनेको थियो । खुल्ला मञ्चमा विभिन्न परोपकारी समूहहरूले खाना खुवाउदै आएका छन् ।

उनले टुवीट् गर्दै जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ । विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा सबैमा भनेका छन,म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु ।

खुल्ला मञ्चमा सयौं मानिसहरुले खाना खादैआएका छन् । सोमबारदेखि खाना खुवाउने कार्यमा रोक लागाएको प्रति सरकारको चौतर्फ आलोचना भैरहेको छ ।

जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ।विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद?
म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।

फेसबुक प्रतिक्रियाहरु