आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • खुल्ला मञ्चमा खाना खुवाउने काम नरोक्न साझा पार्टीको चेतावनी : चुनौती स्वारुप भोली पार्टीले सामुहिक खाना खुवाउने
समाचार

खुल्ला मञ्चमा खाना खुवाउने काम नरोक्न साझा पार्टीको चेतावनी : चुनौती स्वारुप भोली पार्टीले सामुहिक खाना खुवाउने

कात्तिक १८,

काठमाडौं । साझा पार्टीका प्रवक्ताशरदराज पाठकले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा खाना खुवाउने कार्य रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको प्रेस विज्ञप्ति मार्फत घोर भर्त्सना गरेको छ । महानगरपालिकाले सोमबार आफ्नो नगरपालिकाको बेज्जत भएको भन्दै खाना खुवाने कार्य रोक्न भनेको थियो । खुल्ला मञ्चमा विभिन्न परोपकारी समूहहरूले खाना खुवाउदै आएका छन् ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो भनिएको छ ।

त्यस्तै सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने पनि उल्लेख गरेको छ । बुधबार पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सहभागि हुने बताइएको छ । शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई नरोक्न पार्टीले चुनौती समेत दिएको छ ।

साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो। साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गर्न पनि भनेको छ । त्यस्तै कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कामको व्यवस्था गर्न की खानाको व्यवस्था गर्न पनि आग्रह गरेको छ । खुल्ला मञ्चमा सयौं मानिसहरुले खाना खादैआएका छन् ।

सोमबारदेखि खाना खुवाउने कार्यमा रोक लागाएको प्रति सरकारको चौतर्फ आलोचना भैरहेको छ ।

प्रेस विज्ञप्ति हेर्नुहोस्

कसले रोक्दो रहेछ, हेरौँ!
(प्रकाशन र प्रसारणका लागि Sajha Party को प्रेस विज्ञप्ति)

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।

साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो। साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ।

सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्।

शरदराज पाठक
प्रवक्ता, साझा पार्टी
१८ कार्तिक २०७७

फेसबुक प्रतिक्रियाहरु