शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • मन्थलीका थप १० जनामा कोरोना संक्रमण : जिल्लामा संक्रमितको संख्या ३६६,
रामेछाप बिशेष

मन्थलीका थप १० जनामा कोरोना संक्रमण : जिल्लामा संक्रमितको संख्या ३६६,

कात्तिक १८,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका १० जनामा कोरोना भाइसर (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

मंगलबार जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार गत  १६ गते  पठाइएको स्वाबमा २१, र ३५ वर्षका महिला  र ३८  वर्षाका पुरुषमा संक्रमण पोजेटिभ आएको उल्लेख छ ।

त्यस्तै सोही दिन प्रदेश ल्याबमा पठाएको ८ जनाको स्वाबमा ७ जनामा कोरोना भएको पुष्टि भएको छ । उनीरहरु ३५, २७, २६,२५,२५ र ३३ वर्षका पुरुष रहेका छन् ।

योसंगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या  १७२ जना पुगेको छ ।

त्यस्तै रामेछाप घरभएका विभिन्ना ठाउँमा स्वाब दिएर पोजेटिभ हुनेको संख्या १९२ जना पुगेको छ । योसहित जिल्लामा कूल संक्रमितको संख्या ३६६ जना पुगेको छ ।

मंगलबार एक जना वर्ष ६० का वृद्ध काठमाडौंबाट रेफर गरी जिल्ला अस्पताको आइसोलेनमा बसेका छन् ।

जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको छ । नियन्त्रणमा लिनको लागि विभिन्न संयन्त्र अप्नाइएको छ । चाड्वाड्मा झनै संक्रमण फैलिएको छ ।

हाल सम्ममा जिल्लामा ४९० वेडको क्वारेन्टि तयार पारिएको छ । त्यस्तै १०८ वेडको आइसोलेनस कक्ष तयार गरिएको छ । मंगलबारसम्ममा १२ जना क्वारेन्टिनमा छन् । कात्तिक १८ गते सम्ममा २ हजार २ सय ८२ जनाको स्वाब संकलन गरिएको छ । जसमा २ हजार ९८ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

फेसबुक प्रतिक्रियाहरु