बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछापमा बढी भाडा असुल्ने सवारीलाई कारवाही : यात्रुको पैसा फिर्ता
रामेछाप बिशेष

रामेछापमा बढी भाडा असुल्ने सवारीलाई कारवाही : यात्रुको पैसा फिर्ता

कात्तिक ०३

रामेछाप । सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने सवारी साधनमाथि रामेछापमा धमाधम कारवाही सुरु गरेको छ । यात्रुहरुले सार्वजनिक सवारी साधनले तोकेभन्दा पचास प्रतिशत बढी भाडा लिएको गुनासो गरेपछि जिल्ला ट्राफिक प्रहरीले बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई पैसा फिर्ता गर्न लगाएको हो ।

कार्तिक १ गतेबाट पचास प्रतिशत भाडा लिन पाउने प्रावधान हटाएर साविककै भाडा लिनुपर्ने सरकारले निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले पचास प्रतिशत बढी भाडा लिएर टिकट काटेपछि प्रहरीले सवारी चेकजाँचलाई कडाई गरेको छ । जिल्ला ट्राफिक प्रहरी रामेछापले यात्रुसँग बढी भाडा लिने पाँचवटा बसलाई नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनबाट २० हजार ५ सय ७० रुपैयाँ यात्रुलाई फिर्ता गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी रामेछापका प्रमुख सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनबाट यात्रुहरुलाई बढी लिएको पैसा फिर्ता गराएको बताए । उनका अनुसार यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गरिने प्रावधान छ । प्रहरीले जिल्ला प्रवेश गर्ने मुख्य नाका सेलेघाट, हल्दे र बसपार्कमा सवारी चेकजाँचलाई कडाई गरेको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु