शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा : आज २ जना संक्रमितहरु निकोभएर घर फर्किए, कूल संक्रमित २८६
रामेछाप बिशेष

रामेछापमा : आज २ जना संक्रमितहरु निकोभएर घर फर्किए, कूल संक्रमित २८६

कात्तिक ०३

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा रहेका २ कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । सोमबार उनीहरु डिस्चार्ज भएका हुन् । जिल्ला अस्पताल रामेछापले जारी गर्ने नियमित प्रेस विज्ञप्ति मार्फत पालिकाका संक्रमित डिस्चार्ज भएको उल्लेख गरेको छ । उनीहरु दुबै जना पुरुष हुन् ।

त्यस्तै जिल्लामा आजसम्म कोरोना पोजेटिभ हुनेको संख्या १४२ जना पुगेको छ । रामेछाप घरभइ काठमाडौं लगाएतका ठाउँमा बस्दै आएकाहरुको पोजेटिभ हुनेको संख्या १४४ जना पुगेको छ । जसमा महिला ४२ र पुरुष १०२ रहेका छन् । हालसम्ममा १८४ जनाको स्वाब परिक्षणको रिपोर्ट आउन बाँकि रहेका छ ।

कोरोना भाइरस संक्रमणलाई लक्षित गरि हालसम्म रामेछाप जिल्लामा ४९० वेडको क्वारेन्टि तयार पारिएको छ ।  क्वारेन्टिनमा सोमबारसम्ममा ५ जना पुरुष रहेका छन्  । त्यस्तै  ६३ वेडको आइसोलेसन तयार पारिएको छ । हाल सम्ममा २ हजार २ सय ५५ जनाको  स्वाब संकलन गरिएको छ । आजमात्रै १०८ जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा संक्रमितको संख्या २ सय ८६ जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु