शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकुलगंगामा पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी (सूचीसहित)
रामेछाप बिशेष

गोकुलगंगामा पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी (सूचीसहित)

कात्तिक ०३

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत निकासा गरेको छ । सोमबार गोकुलगंगा गाउँपालिकाले एक सूचनामार्फत सो जानकारी दिएको हो ।

गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ६ सम्ममा सामाजिक सुरक्ष भत्ता बुझ्दै आएका लाभग्राहीहरु जेष्ठ नगरिक,एकल महिला, विधुवा, अपाङगता भएका व्यक्ति,  अतिअशक्त, अपाङगा भएका व्यक्ति तथा दलित बालबालिकाहरुले पाउँने सामाजिक सुरक्षा भत्ता वडा नं. १ को लागि सानराइज बैँक शिवालय, वडा नं. २ को राष्ट्रिय बाणिज्य बैंक ठोसे,वडा नं. ३,४,५ र ६ मा सिद्धर्थ बैँकमार्फत रकम भुक्तानी गरिएको हो ।

बैंकमा खातामा जम्मा गरिएको रकमलाई निकास गर्नको लागि भत्ता बुझ्दै आएकाहरुले नागरिक्ता तथा आफ्नो परिचय–पत्र सहित र  बैँकमा खाता खोली सकेका लाभग्राहीहरुले सम्बन्धीत बैंकमा सम्पर्क राख्न पालिकाले सोमबार सूचनामा उल्लेख गरेको छ । साथै खाता खोल्ना बाँकी लाभाग्राहीले यथाशिग्र खाता खोल्न पनि पालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले भुक्तानीको लागि एक करोड ६७ लाख ६२ हजार ८ सय ७ रुपैयाँ पठाएको पालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु