शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चाडपर्व घर परिवार मात्रै मनाउन वडाहरुको आह्वान
रामेछाप बिशेष

चाडपर्व घर परिवार मात्रै मनाउन वडाहरुको आह्वान

कात्तिक ०३,

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवी र मन्थली नगरपालिका ७ वडा कार्यालय भटौलीले दशैतिहार घरमै बसि मनाउन आग्रह गरेका छन् । सोमबार वडा अध्यक्षद्वय बाबुराम तामाङ र सुर्दशन प्रसाईले एक सूचना जारी गरी दशैतिहारमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै घरमै बसी चाडवाड् मनाउन आह्वन गरिएको छ ।

अध्यक्ष तामाङ र सुर्दशन प्रसाईद्वरा छुट्टाछुटै जारी सूचनामा नेपालीहरुको महान चाड विजया दशमी २०७७ तथा आउदै गरेको शुभ दिपावली तथा छठ पर्वको यस वडानिवासी तथा सम्पूर्ण देश विदेशमा बस्नुहुने आमा,बुबा, दाजुभाइ तथा दिदि बहिनिहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरउत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौँ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड संक्रमणको जोखिम भएकोले आफ्नै घरमैम बसी परिवार संग सुरक्षित रहि चाडपर्व मनाउना र घर बहिरा ननिस्कन घर भित्रै रहन सम्पूर्ण गाउँवासीहरुमा हार्दिक अनुरोध गर्दछौँ भनिएको छ ।

यस अघि जिल्ला प्रशासन कार्यलय र गाउँपालिकाहरुले पनि सो आह्वन गरिसकेका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु