बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रहरी दिवसको अवसरमा मन्थलीमा उदास सम्मानित
रामेछाप बिशेष

प्रहरी दिवसको अवसरमा मन्थलीमा उदास सम्मानित

असोज ३०,

रामेछाप । ६४ औं प्रहरी दिवसको अवसरमा रामेछापमा युवा व्यवसायी सुरेश उदास सम्मानित भएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रहरीलाई विभिन्न समयमा सहयोग गरेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालयद्वरा प्रदान गरीएको कदरपत्र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उदाशलाई हस्तान्तरण गरेकी छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उदासले सक्रिय सहभागिता, सहकार्य एवं सृजनशीलताको उच्च मूल्यांङ्कन गर्दै उदर पत्र प्रदान गरिएको कदर पत्रमा उल्लेख छ । उदासले जिल्लामा शान्तिदिप युवा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, रामेछाप उद्योग वाणिज्य संघ र देवकोटाचोक टोल विकास संस्थामा रहेर काम गर्दा प्रहरीलाई सहयोग गरेका थिए ।

सम्मान पत्र
सम्मान पत्र

त्यस्तै उनले बजार सरसफाई, असक्तलाई सहयोग, शान्ति सुरक्षा, कोभिड– १९ को प्रचारप्रसार, खेलकुद लगाएतका सामाजिक कार्यमा उल्लेख्य कार्य गर्दै आइरहेका छन् । उदास जिल्लको सदरमुकाम मन्थलीमा आईएमई मनि ट्रान्सफरको व्यवसाय गर्दै आएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी युवा अवस्थामा सामाजिक कार्यमा उत्कृष्ठ योगदान गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उदासको उच्च मूल्यांकन गरेको बताइन् । उनले आगामी दिनमा पनि जिल्लाका समग्र युवाहरुबाट यस्तो सहयोग र सहकार्य पाउने विश्वास् व्यक्त गरिन् । प्रजिअ शर्माले समुदाय र प्रहरीको सहकार्यमा समाजमा शान्ति सुरक्षा अमनचयन र सामाजिक कार्य गर्न सकिने थुप्रै उदाहरण रहेको वताइन् ।

त्यस्तै प्रहरी प्रमुख वसन्त पाठकले प्रहरी दिवसको शुभकामना दिदै कोरोनाको बेलामा उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु