बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
समाचार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

असोज ३०
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८० मृतक थपिएसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ हजार ३९८ पुगेको हो ।

हालसम्म अमेरिकामा सबैभन्दा बढी २ लाख २२ हजार, ब्राजिलमा १ लाख ५२ हजार तथा भारतमा १ लाख १२ हजार १४४ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ८४९, भारतमा ८३३, ब्राजिलमा ७३४ तथा रसियामा २८६ जनाको मृत्यु भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ लाख नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा ६४ हजार, भारतमा ६० हजार ३६५, ब्रजिलमा २९ हजार, रसियामा १३ हजार ७ सय, स्पेनमा १३ हजार तथा अर्जेन्टिनामा १७ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३ करोड ९१ लाख नाघेको छ । जसमध्ये २ करोड ९३ लाख बढी संक्रमणमुक्त भइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु