शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापका एक वृद्धसहित कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु
रामेछाप बिशेष

रामेछापका एक वृद्धसहित कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु

असोज ३०,

रामेछाप । कोरोना संक्रमणबाट थप एक जना रामेछापका वृद्धाको मृत्यु भएको छ ।

बुधबार वीरेन्द्र अस्पताल, छाउनीमा  १००  वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको छ । उनलाई दम, उच्च रक्तचाप र न्यूरोसम्बन्धी समस्या रहेको बताइएको छ । उनको जिल्लाको स्थायी ठेगाना भने खुलाइएको छैन् ।

उनी १७ असोजमा अस्पताल भर्ना भएका थिए भने २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ९९ जना पुगेको छ । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु