बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नवनियुक्त मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन्
समाचार

नवनियुक्त मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन्

असोज ३०,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई परिणाम देखिने गरि काम गर्न निर्देशन दिएका छन् ।

उनले बिहिबार सरकारी निवास बालुवाटारमा बसेको नियमित मन्त्रिपरिषद् बैठकमा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।  मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

‘सबैलाई ढुक्कसँग काममा लाग्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’,ती मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै हामीसंग भने, ‘सरकारलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ सबैजना केन्द्रित हुनु होला। परिणाम देखिने गरी काममा लाग्नु होला।’

फेसबुक प्रतिक्रियाहरु