शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दिप घतानिको ‘परदेशीको दशैँ तिहार’ बोलको गीतको भिडियो सार्वजनिक
भिडियो

दिप घतानिको ‘परदेशीको दशैँ तिहार’ बोलको गीतको भिडियो सार्वजनिक

पछिल्लो समयमा नेपाली संगितिक क्षेत्रमा उदाउदै गरेका युवा गायकको एकमात्र नाम हो दिप घतानी । नेपाली सांगितिक क्षेत्रमा नै केही गरौ भन्ने सोच राखेका युवा गायक दिप घतानिको ‘परदेशीको दशैँ तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
परदेशमा रहेर दुख गरेको एक युवाले दशै तिहार जस्तो चाडमा आफ्नो देशमा आएर आफ्नो परिवारको साथमा रमाउदै दशै तिहार मनाउन नपाउदाको सम्झ्नालाई नियाल्दै गर्दा को परदेशिको पिडालाई समाबेस गरिएको उक्त भिडियो मा गायक दिप घतानी कै आफ्नै संगीत तथा गीतकार एसपि कोइरालाको शब्द रचनामा तयार भएको गीतको भिडियोमा उनी आफैले अभिनय पनि गरेका छन । गीतलाई सञ्जीव बाराईलीले एरेन्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग चन्द्र चौधरिले गरेका हुन ।

भिडियोमा दिपलाई समरा जोशी लगायतले अभिनयमा साथ दिएका छन भने सम्पादन बिकास धमलाको रहेको भिडियोको कथावस्तुमा समेटिएको यस् भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन ।

भिडियो गायक दिप घतानीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तलको लिङ्क मा थिच्नुहोस

 

फेसबुक प्रतिक्रियाहरु