शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपत्यकामा २४०२ सहित ४३९२ जनामा कोरोना संक्रमण, डिस्चार्ज ३५२२, मृत्यु २१
समाचार

उपत्यकामा २४०२ सहित ४३९२ जनामा कोरोना संक्रमण, डिस्चार्ज ३५२२, मृत्यु २१

असोज ३०,

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएका छन् । स्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८८०४० रहेको छ ।

काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १७८४, ललितपुरमा २७४ र भक्तपुरमा २४४ जना संक्रमित भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु