शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा चाड्वाड् लक्षित नागरिक सहायता कक्ष संचालमा : सबै सचेत हुन आग्रह, चेक जाँचमा कडाइ
रामेछाप बिशेष

रामेछापमा चाड्वाड् लक्षित नागरिक सहायता कक्ष संचालमा : सबै सचेत हुन आग्रह, चेक जाँचमा कडाइ

असोज २७,

रामेछाप । रामेछापको सदरमुकम मन्थलीमा चाडवाड लक्षित नागरिक सहायता कक्ष संचालनमा आएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्थलीस्थित जिल्ला ट्राफिक प्रहरी चोकमा नागरिक साहयता कक्ष उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार मुख्य चाडवाडमा जिल्लामा कोरोना संक्रमण र शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर साहयता कक्ष संचालनमा ल्याइएको हो ।

सिन्धुली र रामेछापको सिमामा रहेको जिल्ला प्रवेशको मुख्य नाका सेलेघाट, मन्थलीको देवकोटा चोक, जिल्ला ट्राफिक बिट् र खिम्तीमा सहायता कक्ष संचालनमा ल्याउने योजना रहेको पाठकले बताए ।

दशैतिहारमा हुने अपराधीक गतिविधिलाई ध्यानमाराखि कोरोना बारे सचेतना फैलाउने उदेश्यका साथ कक्ष संचालनमा ल्याइने छ । केही दिनभित्रै सबै ठाउँमा कक्ष संचालनमा आउने छन् ।

कक्ष उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले चडवाडमा हुने विभिन्न अपराधिक गतिविधिलाई थप कडाइ गरिने बताइन् । उनले ठाउँ-ठाउँ राखिएका साहयता कक्षले त्यस्ता गतिविधिलाई न्युनिकरण गर्न भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् । शर्माले चेकजाँचमा कडा गर्न ट्राफिक प्रहरीलाई निर्देशन पनि दिइन् ।

प्रहरी प्रमुख पाठकले जिल्लामा कोरोना संक्रमणका कारण मनाउन लागिएको दशैमा सबै सचेत हुनु पर्ने भन्दै शान्ति सुरक्षामा जिल्ला प्रहरी दत्तचित्त भएर लागेको बताए । आपतकालिन अवस्थामा सबै एक हुनु पर्ने उनको भनाइ छ । शान्ति कायम राख्न नागरिकको पहिलो कर्तब्य भएको भन्दै यो बेला सबै सचेत हुन् आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु