शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सहर केन्द्रीत बजार अनुगम : गाउँका ब्यापारीलाई मस्ति, जनतालाई सास्ति,
रामेछाप बिशेष

सहर केन्द्रीत बजार अनुगम : गाउँका ब्यापारीलाई मस्ति, जनतालाई सास्ति,

असोज २५,

रामेछाप । चाडबाड नजिकियसंगै देशका मुख्य बजारहरुमा अनुगमन सुरु भएको छ । बजार अनुगमन विशेष गरी सदरमुकाम केन्द्रीत हुने गरेका छन् । जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु समदमुकाम आसपास हुने हुँदा अनुगमन पनि आसपासका बजारमा मात्रै केन्द्रीत हुने गरेका छन् । रामेछाप जिल्लाको बजार अनुगमन हेर्ने हो भने पूरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिकाको रामेछापबजार, र हाल सदरमुकामस्थित मन्थली बजार र आसपासका केही बजार केन्दीत् छ । दशैतिहार जस्ता मुख्य चाडपर्व नजिकिएसंगै यी बजारहरुमा निकै चहलपल देखिएसंगै उमाकुण्ड गाउँपालिकामा भने अहिले सम्म न, अनुगमन भएको छ, न, त ! बजार व्यबस्थापनको लागी भनेर विभिन्न बस्तुहरुको मुल्य तोकिइको नै छ ।

खासगरी भन्ने हो भने यतीखेर उमाकुण्ड २ बाम्तीमा अनुगमनको अभाबमा मान्छेलाई चाहिने अती आवस्यक वस्तुहरुको मूल्य वृद्धीले यँहाका बासीँन्दा दोब्बर मूल्यमा सामान किन्न बाध्य भएका छन् । खासगरी यहाँ चाडवाडमा सबैले मिठो मसिनो खानु, लाउनु सबैको रहर हुन्छ तर बजार अनुगमन नहुँदा सस्तो दरमा ल्याएर दोब्बर मूल्यमा स्थानीयलाई सामान बिकाउँदा भने स्थानीय बध्यतामा परेका हुन् । यतिबेला दुर्गम गाउँका खुद्रा पसलदेखि काठमाण्डौको भाट्भटेनी सम्म ग्राहकहरु ठगिदै आएका  छन् । कोरोना भाइरस संक्रमणले न रोजगारी, न काम, विदेशबाट बेखर्ची भएर फर्किएकाहरु देखि समाजमा हुने खाने भनिएकाहरु पनि यतिबेला ऋण काडेर दशै मनाउन तिर ध्यान केन्द्रीत गराउदै छन् ।

उमाकुण्ड १ गुम्देल बजार
उमाकुण्ड १ गुम्देल बजार

चड्वाड् लक्षित बजार अनुगमन अहिले सबैको मुखमा सुनिने भाषा हो । सहर र मुख्य बजार केन्द्रीत अनुगमन गरेर सरकारी भत्ता बुझ्ने बाहेक अनुगमनको खासै प्रभावकरीता देखिदैन । अनुगमनले कुनै काम नै गरेको छैन भन्न खोजेको भनेको हैन याहाँ, अनुगमनकै क्रम्मा पनि कतिपए राम्रा काम पनि भएका उदहारण छन् हामीसंग तर ती उदहारण मात्रै हुन् । अहिले गाउँको कुरा गर्ने हो भने त्यस्तो पनि हुन्छ र भन्ने जस्तो लाग्छ ।

गाउँमा कोरोनाले पिल्सिएका गरिब, किसानहरुलाई दशै दशा बनेको छ । घरमा सबै समाग्री खरिद गर्नु पर्ने बाध्यता छ । र बजारमा मूल्य पसलै पिच्छे फरक–फरक छ । बजार अनुगम नगरेको जिल्ला सायदै नपाइएला यो बेला । तर गाउँ गाउँका पसलहरुमा यो कुरा सुन्दा कसले अनुगमन गर्छ । अनुगमनको भर पर्दापर्दै दशै आयो नजिकै रत्नज्योती, सोतर्मू, लुबु र दोखर्पा  बजारमा, नेपालभर कुखुराको मासु तथा चल्लामा गिरावट आउँदा समेत चरिकोट, मन्थली, काठकाण्डौबाट सस्तो मुल्यमा खरिद गरिएको कुखुरा, कुखुराको मासु लगाएत कुखुराको चल्लाहरु अहिले तेब्बर मूल्यमा बिक्री गरिएको पाईन्छ । जसका कारण अहिले उमाकुण्ड २ लगाएत आसपासका जनताहरु मारमा परेको स्थानीय बताउछन् ।

त्यस्तै बजार अनुसार खाद्यन्न पेय पदार्थ लगाएत हरेक उपभोग्य बस्तुहरुमा फरक फरक मुल्यले गर्दा याँहाका स्थानीय ठगीने गरेका छन् । साथै म्याद सकीएका सामान हेर्न नजान्ने ग्राहकहरु झन मार्कामा परेका छन । यो त एक उदहारण मात्रै हो यस्ता त कति छन् कति ।

जिल्लाको अति दुर्गम मानिने उमाकुण्ड गाउँपालिकाका विभिन्न वडामा अवस्थित पसलहरुमा अहिले कालोबजारी सुरु भएको आज मात्र होईन । चाडवाडमा राम्रै चल्ने ती पसलहरुमा विगतमा भन्दा यो वर्ष दोब्बरले कालोबजारी भएको स्थानीयहरुको गुनासो छ । न त्यहाँ बजार अनुगन् भएको छ । न कालोबजारी रोकिएको, त्यसको प्रत्येक्ष मर्कामा बिहान बेलुका काम गरेर छाक टार्नेहरु परेका छन् । जिल्लाका एक दुईवटा बजार अनुगमन गरेर जिल्लाको समग्र बजारमा सबै ठिक छ भन्ने सरकारी अनुगमन फेर्न आजको आवश्यकता देखिन्छ । देशमा रहेका गाउँका सिंहदरबारहरु योबेला सहितरिकाले चल्ने हो र नागरिकहरुको जीवनलाई सहज बनाउने चुनावी बाचा पुरागर्न लाग्ने हो भनेपनि ५० प्रतिशत कालोबजारी रोकिने आंकलन लाउन सकिन्छ । तर त्यसको लागि पालिकाहरु, वडाहरुलाई फूसर्द छैन् । जिल्ला स्तरिय अनुगमन टालीले नमुनाको रुपमा काम एक दुई स्थानको अनुगमन गर्न ब्यस्त छ । यस्तो अबस्थामा जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका, वडाहरुले बजारको माग र स्थानीयहरुको आर्थिक अवस्थालाई ध्यानमा राख्ने हो भने यो पटकको दशैमा केही राहत मिल्ने थियो भन्नु हुन्छ वडा नं १ गुम्देलका स्थानीय भिम घिमिरे ।

उमाकुण्ड २ बाम्तिभण्डार,रत्नज्योती, बजार
उमाकुण्ड २ बाम्तिभण्डार,रत्नज्योती, बजार

जिल्लामा कोरोना भाइरस संक्रमणले पारेको प्रभावका कारण विभिन्न देशमा रोजगारीको लागि गएकाहरु गाउँफर्कियर गाउँमै रोजगारी गर्नको लागि कृषि पेशा, पंक्षिपालन, कुखुरा पालन, बाख्रा पालनआदी काम पनि सुरु भएको देखिन्छ । तर यी काम सुरु गर्न थप मारमा परेका छन् । कालोबजारीले गर्दा । २ सय रुपैयाँमा किनबेच् हुदै आएका कुखुराका चल्ला अहिले दोब्बर मूल्य बढेको छ । रोजगारी त केही गर्न खोजेको तर बजार मूल्यले आँट आउनै छोडेको छ । भन्छन् कोरोनाका कारणले डाइभर पेशा गुमाएका सुवाश घिमिरे । जागिर पनि कोरोनाले खाइदिहाल्यो आब केही ब्यवसाय गरौभने बजारमा भाउ छोइसक्नु छैन । दशै पनि कसरी मनाउने हो । समस्या धेरै छ ।

फेसबुक प्रतिक्रियाहरु