शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शान्ति बस्नेतको ‘सिन्धुलीगढी’: अनिल विरहीको संगीतमा मेलिना राई र रामकुमार नेपाली (भिडियो)
चलचित्र

शान्ति बस्नेतको ‘सिन्धुलीगढी’: अनिल विरहीको संगीतमा मेलिना राई र रामकुमार नेपाली (भिडियो)

असोज २७,

काठमाडौँ । मुलुकको ऐतिहासिक थलोको रुपमा चिनिने सिन्धुली जिल्लाको ‘सिन्धुलीगढी’ लाई समेटेर नयाँ गीत बजारमा आएको छ ।

‘सम्झीसम्झी एक्लै मरुँदा’ बोलको गीत मंगलबार भावना म्युजिक सोलुसनको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

शान्ति बस्नेतको शब्द र १०० भन्दा बढी चर्तित गीतहरुमा संगीत गर्नु भएका युवा संगीतकार अनिल विरहीको संगीतमा रहेको गीतमा रामकुमार नेपाली र मेलिना राईको आवज रहेको छ । अर्जुन गौतमको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा अञ्जली अधिारी र काजिश श्रेष्ठ, लोमस शर्मा, अर्जुन गौतमको अभिनय रहेको छ ।

गीतको कारियोग्राफी काजिश श्रेष्ठकै रहेको छ भने राजेश घिमिरेले छायांकन गरेको भिडियोमा दीपक बिष्टको सम्पादन रहेको छ ।
म्युजिक भिडियो तल हेर्नुहोस् ।

फेसबुक प्रतिक्रियाहरु