मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ७० बर्षमा नेपाल चेम्बेर अफ कमर्स
समाचार

७० बर्षमा नेपाल चेम्बेर अफ कमर्स

#२७ असोज,

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ ।

निजी क्षेत्रको पहिलो छाता संगठनको रुपमा २००७ सालमा आश्विन २७ गते स्थापना भएको चेम्बर अफ कमर्श मंगलबारदेखि ७० औं वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवका अवसरमा चेम्बरले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष भने कोरोना भाइरस महामारीका कारण विशेष कार्यक्रम आयोजना नहुने चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रियाहरु