शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खाँडादेवी गाउँपालिका ५ दिनको लागि शिल
रामेछाप बिशेष

खाँडादेवी गाउँपालिका ५ दिनको लागि शिल

असोज २४,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका शिल गरिएको छ । पालिकाका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पालिका शिल गरिएको हो ।

शुक्रबार त्यहाँ कार्यररत एक जना सोही पालिकाको वडा नं ७ घर भएकामा संक्रमण भएको थियो । सोही विषयलाई ध्यानमा राख्दै पालिकाले असोज २५ गतेदेखि ३० गतेसम्मको लागि पालिका शिल गरिएको जुनेली न्युलाई प्रलिका प्रमुख प्रेमबहादुर तामाङले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा समुदायस्तरमै संक्रमणदेखिन थालेको छ । शनिबार २ जना संक्रमित थपिएका छन् । हालजिल्लामा २ सय १३ जना कूल संक्रमित पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु