आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रामेछापमा एक शिक्षक र एक कर्मचारीमा कोरोना पुष्टि : कूल संक्रमितको संख्या २१३ जना पुग्यो
रामेछाप बिशेष

रामेछापमा एक शिक्षक र एक कर्मचारीमा कोरोना पुष्टि : कूल संक्रमितको संख्या २१३ जना पुग्यो

असोज २४,

रामेछाप । जिल्ला अस्पताल रामेछापबाट परीक्षणका लागि पठाइएको स्वाबमा थप दुई जनाको पोजेटिभ आएको छ । शनिबार आएको रिपोर्टमा गत २१ गते २९ जनाको स्वाबमा एक जना दोरम्बा गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण भएको छ । उनी प्रावी तहका शिक्षक  हुन् । उनी महोतरी जवालेश्वर-५ बाट आएका थिए ।

त्यस्तै २१ गते नै पठाएको २८ जनाको स्वाबमा १ जना २५ वर्षका पुरुषमा संक्रमण भएको छ । उनी खाँडादेवी गाउँपालिकाका कर्मचारी हुन् । उनी पालिकाको वडा नं ७ का हुन् । उनी होमआइसोलेसनमा बसेका छन् । शिक्षक दोरम्बा अस्पतालमा बसेका छन् ।

योसंगै जिल्ला अस्पतालबाट पठाएको स्वाबमा पोजेटिभ हुनेको संख्या १०३ पुगेको छ । त्यस्तै जिल्लाबाहिर गरिएको परीक्षणमा २८ जना महिला र ८२ जना पुरुषमा संक्रमण भएको छ । योसंगै जिल्लामा कूल संक्रमितको संख्या २१३ जना पगेको छ ।

१५ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १७५ जनाको रिपोर्ट आउन बाँकि रहेको छ । हालसम्ममा १ हजार ८ सय ६० जनाको स्वाब संकलन गरिएको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु