सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • लिखुतामाकोसी २ मा विद्युत मिटरमा वडा अध्यक्षको कालोबजारी : १ लाख ४५ हजार भन्दाबढी स्थानीसंग असूले
रामेछाप बिशेष

लिखुतामाकोसी २ मा विद्युत मिटरमा वडा अध्यक्षको कालोबजारी : १ लाख ४५ हजार भन्दाबढी स्थानीसंग असूले

असोज २४,

रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिका वडा नं २ सैपु वडा कार्यालयले विद्युत मिटरमा बढी रकम असुलेको स्थानीयले आरोप लगाएका छन् । वडाध्यक्ष पदम बहादुर तामाङले मिटर खरिद गर्दा प्रति मिटर बराबर पाँचसय २४ रुपैयाँ २० पैसा बढी असुलेको आरोप लगाएका हुन् ।

वडाध्यक्ष तामाङले विद्युत प्राधिकरणबाट २१ सय ७५ रुपैयाँ ८० पैसामा खरिद गरेको मिटरलाई आफुहरुसंग २७ सय रुपैयाँ लिएर वितरण गरेको स्थानीयको आरोप छ । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थली रामेछापका प्रमुख विनोद अधिकारीले विद्युत मिटर बितरण गर्दा स्थानीय निकायले बढी मुल्य लिएको मौखिक गुनासो आएको बताए । मिटर खरिद गर्दा परेको मुल्यभन्दा ५ सय बढी रकम स्थानीय निकायले लिएको भन्ने मौखिक गुनासो आएको छ , स्थानीय निकायले बढी लिएको रकम फिर्ता गर्दै छरे भन्ने पनि सुनेको छु उनले भने ।

त्यस्तै वडाध्यक्ष तामाङले भने विद्युत मिटर खरिदमा कुनै पनि अनियमितता नगरिएको दाबि गर्छन् । उनले मिटर जडान गर्ने व्यक्तिलाई छुट्टै पारिश्रमिक दिनुपर्छ भन्ने स्थानीय उपभोक्ताकै माग बमोजिम पाँचसय बढी रकम उठाइएको बताए ।

गत वर्षनै मिटर जडान गर्ने व्यक्तिले पाँचसय देखी आठसय सम्म छुट्टै पारिश्रमिक लिन्छन् भन्ने स्थानीय उपभोक्ताबाटै कुरा आयो, सोहि कुरा अनुसार स्थानीय उपभोक्ताको राय लिएर वडा कार्यालयमा निर्णय गरि २७ सय रकम पैसा उठाएका हौँ उनले भने  ।

वडाध्यक्ष तामाङले नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थलीले मिटरजडान गर्ने व्यक्तिले छुट्टै कुनै पनि पारिश्रमिक नलिने भनेकाले बढी उठाइएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने बताए ।

सैपुमा १ थान मिटरको २७ सय रुपैया उठाएर वडा कार्यालयले २ सय ७८ थान विद्युत मिटर वितरण गरिसकेको छ । अहिले वितरण भएका मिटर स्थानीयले परेको मुल्यभन्दा पाँचसय २४ रुपौयाँ ८० पैसा बढी तिरिसकेका छन् ।

यो सबै जोड्ने हो भने वडा कार्यालयले मिटर वितरणको नाममा एक लाख ४५ हजार २७ रुपौयाँ ६० पैसा स्थानीय उपभोक्तासंग बढी रकम लिएको देखिन्छ। फाइल फोटो

 

फेसबुक प्रतिक्रियाहरु