मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • रामेछापमा कोरोना कहर : अस्पतालमा अत्यावश्यक बहेका सेवा बन्द, मालपोत पूर्ण बन्द, यी कारणले बढ्यो संक्रमण
रामेछाप बिशेष

रामेछापमा कोरोना कहर : अस्पतालमा अत्यावश्यक बहेका सेवा बन्द, मालपोत पूर्ण बन्द, यी कारणले बढ्यो संक्रमण

असोज २३,

रामेछाप । जिल्ला अस्पताल रामेछाप र मालपोत कार्यालय रामेछापले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । बिहिबार एकैदिन २० जनालाई कोरोना पुष्टि हुदा संस्थाका कर्मचारीमा कोरोना संक्रमणदेखिएकाले सेवा बन्द गरेको सम्बन्धित कार्यालयहरुले सूचना प्रकाशन गरी जानकारी दिएका छन् ।

मालपोत कार्यालन एक सातको लागि पूर्ण रुपमा बन्द हुने भएको छ । २२ गतेदेखि असोज २९ गतेसम्म कार्यालय बन्द हुने जारी सूचनामा उल्लेख छ ।

त्यस्तै जिल्ला अस्पताल रामेछापले भने अत्यावश्यक वाहेकका सेवा नगर्ने उल्लेख गरेको छ । बिहिबार त्यहाँ कार्यरत ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबिच जिल्ला प्रशासन कार्यालय रामेछापले काठमाडौं- रामेछाप आवत-जावत वृद्धि, मास्कको प्रयोग गनर्नु, र सामाजिक दूरी पालन नगर्दा जिल्लामा कोरोना संक्रमण बढेको निषकर्श निकालेको छ । प्रशासनले सो कुरालाई थप प्रभावकारी बनाउन आग्रह समेत गरेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु