सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • दोरम्बाको पात्लेमा पहिलो पटक अरनिको बस पुग्यो, गाउँलेले गरे भब्य स्वागत
रामेछाप बिशेष

दोरम्बाको पात्लेमा पहिलो पटक अरनिको बस पुग्यो, गाउँलेले गरे भब्य स्वागत

असोज २३,

रामेछाप । जिल्लाको दोरम्बा गाउँपालिका वडा नं–१ डडुवाको पात्लेमा मगंलवार पहिलो पटक यात्रुबाहक बसमा खचाखच यात्रु लिएर पुगेपछि स्थानिय गाउँलेहरुलाई बस र बसका चालकलाई भब्य स्वागत गरेका छन् । दोरम्वा गाउँपालिकाको डडुवाको पात्ले भौगोलिक हिसावले र बिकासमा पछाडी परेको क्षेत्र भएकाले स्थानिय सरकारले पनि चासो नदेखाएपछि स्थानिय गाउँलेहरु मिलेर २ सय दिन जनश्रमदान गरेर सडक निमार्ण गरेपछि उक्त गाउँमा अहिले यात्रुवाकह बस पुग्न सकेको दोरम्वा गाउँपालिकाका वडा नं–१ का सामाजिक अभियान्ता तारावहादुर मोक्तानले जानकारी दिए ।

उनले भने– पहिला पात्लेसम्म मोटरवाटोको ट्रयाक खोलिएको थियो । पछि उक्त सडक मर्मतको लागि वडा स्तर र गाउँपालिकामा समेत बजेट माग गर्दा समेत स्थानियले पाउन सकेनन् । पछि गाउँलेहरु आफै मिलेर २ सय जनाले ८ किलोमिटर सडक मर्मत सुधार गरे । अहिले सुधार गरेको उक्त सडकमा राजधानी काठमाण्डौं देखी सिधै यात्रु वाहक बस संचालनमा आएको छ ।

डडुवाको पात्लेमा ४ सय घर परिवारको वसोवास रहेको छ । यातायातको पहुँच नपुगेको उक्त स्थानमा यातायातको साधन पुगेपछि उनीहरुलाई सहज भएको हो । गाउँमा स्थानिय सरकार आएता पनि आफुहरुले कुनै विकासका कार्यक्रमहरु पाउन नसकेको गुनासो स्थानिय अमित तामाङ्गले गरे ।

गाउँमा पहिलो पटक अरनिको सुपर बस लिएर डडुवाको पात्ले पुगेका चालक र सह–चालकलाई स्थानियहरुले माला, खादा र दहीले स्वागत गरेका थिए । अब राजधानी काठमाण्डौंवाट उक्त गाउँसम्म नियमित रुपमा यात्रुवाहबक बस संचालन हुने भएको छ । राजधानी काठमाण्डौंवाट छुटेको बस सदरमुकाम मन्थली हुँदै पोखरीडाँडा–देउराली हुँदै डडुवाको पात्लेसम्म पुग्ने छ ।

यातयात व्यवसायीले राजधानी काठमाण्डौंवाट डडुवाको पात्लेसम्मको एकतर्फी प्रति व्यक्ति भाडा १ हजार २ सय ३० रुपैयाँ कायम गरेका छन् । पात्लेमा अरनिको यातायात सेवा समितिले टिकट काउण्टर समेत संचालनमा ल्याउने तयारी गरेको अरनिको यातायात सेवा समिति रामेछापका प्रमुख सुबाष फुयालले जानकारी दिए ।

गाउँमा बस नियमित भएपछि गाउँमा उत्पादन भएको तरकारी र खाद्यान्न लगाएतका उत्पादित वस्तुहरु विक्री गर्न र गाउँमा नभएका आवश्यक लत्ताकपडा, निमार्ण सामाग्रीहरु र खाद्यान्न लगाएतका सामाग्रीहरु ल्याउन सहज भएको स्थानियहरु बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु