शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले हरायो
समाचार

सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले हरायो

असोज २३,

काठमाडौं । आइपिएल टी-२० क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ। गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशादामा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो। पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पन्जाबको भने ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको पुछारमा छ।

फेसबुक प्रतिक्रियाहरु