शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उपभोक्ताहरु प्रति खेलवाड् गरेको भन्दै समाधान गर्न प्रधानमन्त्रीलाई  १६ बुँदे ध्यानाकर्षण पत्र  :  यस्ता छन् माग
रामेछाप बिशेष

उपभोक्ताहरु प्रति खेलवाड् गरेको भन्दै समाधान गर्न प्रधानमन्त्रीलाई  १६ बुँदे ध्यानाकर्षण पत्र  :  यस्ता छन् माग

असोज २२,

रामेछाप । उपभोक्ता हित संरक्षण मञ्च नेपालले, उपभोक्ता हित संरक्षणको माग गर्दै देश ब्यापी ध्यानकर्षण पत्र बुझाएको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत मञ्चका बागमती प्रदेशका सदस्य समते रहेका रामेछाप जिल्ला अध्यक्ष नविन कार्कीको नेतृत्वमा जिल्ला कार्यालय रामेछाप मार्फत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

कोरोनाले आक्रान्त बनाइरहेको बेला बजारमा भइरहेको भन्दै उनीहरुले बजारमा उपभोक्ताहरु ठगिएको, मूल्य वृदि भएको, म्याद नागेका वस्तु बजारमा खुलाम खुला बिक्री बितरण भएको, चाड्वाड् नजिकिदै जाँदा सामान अभाभ भएको, मानिसहरुले भकै बस्नु पर्ने परिस्थिती सृजना हुनलागेको लगाएतका ठहर गर्दै सो कुरामा सरकार गम्भिर हुन नसकेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरेका हुन् ।

त्यस्तै यातायातका साधनमा सरकारले ५० प्रतिशत बढी भाडा असुल्न स्वीकृति दिए तापनि व्यवसायीहरुले स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड नपनाएको, चिनी तथा प्याजको मूल्य वृद्धि गरिएको, सरकारी अनुगमन फितलो रहेको, विषादीको अवशेष भएका तरकारीजन्य खाद्यवस्तु खुलेआम बेचिरहेको, निजी अस्प्तालहरुमा मनपरी चलिरहेको लगायतका समस्याका बारेमा पनि मञ्चले ध्यानाकर्षण गरेको छ।

त्यस्तै नेपाली वस्तु तथा सेवा बजारमा कृतिम अभाव कृतिम मूल्य निर्धारण, गुणस्तरीय वस्तु र सेवा उत्पादन, आयत तथा बिक्री वितरण, नापतैलमा ठगी, तरकारी खाद्यान्न जस्ता वस्तु विषादी र अखाद्य बस्तुको प्रयोग, भ्रमपूर्ण विज्ञापन, सिन्डीकेट, कार्टेलिङ्ग, कालो बजारी एकाधिकारपूर्ण, निषेधित तथा अनुसुचि व्यापारी क्रियाकलापहरु व्याप्त भई बजारमा अस्तवेस्तता र दन्डहिनता कायमै हरेको भन्दै मञ्चले दुःख ब्यक्त गरेको छ ।

त्यस्तै गुनासो गर्ने उपभोक्ताको सुरक्षा नहुनु, कमजोर गुनासो व्यावस्थापन र बजारमा प्रभावकारी नियमित अनुगमन हुन नसक्दा समग्रमा बजार सुशासनको अवस्ता नितान्त कमजोर रहेको समितिको ठहर छ । स्वच्छ बजार र उपभोक्ता हित संरक्षणका क्षेत्रमा नेपाल सरकारबाट हाल भइरहेका प्रयासहरु नितान्त अपर्याप्त भएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

नागरीक बाच्नका लागि दैनिक चुलोसँग सम्बन्धीत खाद्यन्न, तरकारी, इन्धन लगायतका अत्यावश्यक उपभोक्ता वस्तुहरु र स्वास्थ्य यातयात सञ्चार विद्युत हवाई जस्ता अत्यावश्यक सेवामा भइरहेको आपूर्ति गणस्तरी, मुल्य, नापतैल, विज्ञापन र नियमन सम्बन्धमा देखियका मूल समस्याहरु बजारमा आम उपभोक्ताले सामना गरिरहनु परेको भन्दै तत्काल समाधान गर्न माग गरिएको छ ।

१६ बँदे लामो माग र ध्यानाकर्षण सहितको पत्र बुझाउदै कार्कीले आफ्ना मागहरु तत्काल समाधान गर्न माग गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु