शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अनशनको २५ औँ दिनमा सरकार र डा केसीका प्रतिनिधिबीच वार्ता सुरु
शिक्षा

अनशनको २५ औँ दिनमा सरकार र डा केसीका प्रतिनिधिबीच वार्ता सुरु

असोज २२,

काठमाडौं । चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै १९ औँ पटक अनशन बसेका डा गोविन्द केसी अनशन बसेको २५औं दिनमा सरकारले वार्ताका लागि बोलाएको छ। डा केसीले उठाएका मागका विषयमा छलफल गर्न बिहान साढे १० बजे सिंहदबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।

सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको हो। शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा सरकारी वार्तामा टोलीमा छन्।

डा. केसीको तर्फबाट वार्ता टोलीमा डा जीवन क्षेत्री नेतृत्वमा , डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की सहभागी छन्। २५ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ।

डा.केसीको शरीरमा अत्यावश्यक तत्वहरूको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको छ। डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनशन सुरु गरेका थिए। डा केसीको माग सम्बोधनका लागि देशका विभिन्न स्थानमा धर्ना तथा प्रदर्शन भइरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु