शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तासखेली रहेको अवस्थामा रामेछापका श्रेष्ठसहित ६ जना पक्राउ
रामेछाप बिशेष

तासखेली रहेको अवस्थामा रामेछापका श्रेष्ठसहित ६ जना पक्राउ

असोज २१

रामेछाप । तास खेलिरहेको अबस्थामा रामेछापका एक जनासहित छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-३ स्थायी घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।

काठमाडौँ बैद्धस्थित सेन्टर फुड क्याफेममा तास खेलिरहेको अबस्थामा श्रेष्ठ सहित छ जनालाई महानरीय प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

उनिहरुलाई साथबाट नगद १ लाख १८ हजार ७ सय २५ रुपैयाँ र ३ बुक तास सहित फेला पारेको प्रहरीले जानएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जानकारी दिएको छ । फाईल फोटो

फेसबुक प्रतिक्रियाहरु