शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ४ लाख लुटेको अभियोगमा एक जना पक्राउ : एक फरार
समाचार

४ लाख लुटेको अभियोगमा एक जना पक्राउ : एक फरार

असोज २१,

रामेछाप । नगद ४ लाख लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन् । उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ मनहरा दिव्यश्वरी प्लानिङबाट पक्राउ गरेको महानगरीय प्रहरी जनकारी दिएको छ  ।

हाल काठमाडौँ बस्दै आएको ३० वर्षीय भण्डारीले बा.१५ च ४०५ नम्बरको कारको ढोका फुटाई नगद ४ लाख रुपैयाँ लुटपाट गरेको आशंकमा पक्राउ गरिएको हो । उनको साथमा अमेरीका डलर १ को २ सय ९८ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिटोसमेत बरामत गरेको छ ।

सोही घटनमा संलग्न रहेका भण्डारीका साथी २५ वर्षीय कमल खड्का लुटपाट गरेको नगद लिई फरार भएकोले उनको खोली कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु