मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • रामेछापको गुम्देलमा भालुको आक्रमणमा परी एक महिला गम्भिर घाइते : काठमाडौं पठाइयो
रामेछाप बिशेष

रामेछापको गुम्देलमा भालुको आक्रमणमा परी एक महिला गम्भिर घाइते : काठमाडौं पठाइयो

असोज २०,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलमा भलुको आक्रमणमा परी एक जना महिला गम्भिर घाइते भएकी छन् । सोमबार दिउँसो साविकको वडा नं ९ चमरु भन्ने स्थानमा उनलाई भालुले आक्रमण गरेको हो ।

आक्रमणमा पर्नेमा सोही स्थानकि अन्दाजी ४५ वर्षीय डोल्मा शेर्पा रहेकी छन् । आक्रमणमा परी घाइते भएकी उनलाई उद्धार गरी वडा नं २ बाम्तिभण्डारमा सामान्य उपचारपछि थप उपचारको लागि दोलखाको जिरी अस्पताल लगिएको र जिरी अस्पतालमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

योपनि पढ्नुहोस्

रामेछापको गुम्देलमा भालुको आतङ्क : एकैठाउँ तीनवटा, आक्रमणबाट एक जना गम्भिर घाइते

घाइतेको अवस्था गम्भिर रहेको छ । केही दिन अघि पनि त्यहाँ एक पुरुषलाई भालुले आक्रमण गरेको थियो । वर्षयाम सुरभएपछि त्यहाँ जंगली जनावरले दुख दिने गरेको छ । विशेषगरी किसानहरुले लगाएको बालि पाक्ने समयमा जंगली विभिन्न जनावरले दुखदिने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु