शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापको गुम्देलमा भालुको आतङ्क : एकैठाउँ तीनवटा, आक्रमणबाट एक जना गम्भिर घाइते
रामेछाप बिशेष

रामेछापको गुम्देलमा भालुको आतङ्क : एकैठाउँ तीनवटा, आक्रमणबाट एक जना गम्भिर घाइते

भदौ २१

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा भालुले आतङ्क मच्चाएको छ । गाउँपालिकाको उत्तरी तथा अन्तिम वडाको रुपमा अवस्थित गुम्देलमा विगतका वर्ष जस्तै यस वर्ष पनि भलुले आतङ्क मचाएको हो । भालुको आतङ्कामा परी आइतबार मात्रै एक स्थानीय पुरुष गम्भिर घाइते भएका छन् । घाइते हुनेमा साविकको वडा नं ३ तेच्छीमका स्थानीय टेकबहादुर राई रहेका छन् । उनलाई तत्काल उद्धार गरि प्रथामीक स्वास्थ्य चौकी गुम्देलमा पुर्याइ उपचार गरिएको र अवस्था अहिले मध्म रहेको स्थानीय पेम्बा शेर्पाले जानकारी दिए ।

बिहानै घरबाट नजिकैको मकै बारीमा गएका उनलाई बच्चासहितको भालुले हमाला गरेको थियो । भालुको आक्रमणबाट उनी घाइते भएसंगै स्थानीयहरुमा त्रास फैलिएको छ । शर्पाका अनुसार आक्रमण गर्ने ठाउँमा बच्चासहित तीन वटा भालु रहेका थिए । वडाका विभिन्न ठाउँमा गरि सोही वडामा ७/८ वटा भालु रहेका छन् । गत वर्ष पनि मकैको घोगा लाग्ने समयमा गाउँगाउँमा नै भालुले आतङ्क मच्चाएको थियो । भालु स्थानीयहरुले लगाएको मकै, आलु, लगाएतका बाली पाक्ने समयमा गाउँघर नजिकैको बारीतिरै पस्ने भएकाले समस्या हुदै आएको छ । भालुले हाल गुम्देलको साविकको वडा नं १,२,३,४,५,६ र ७ मा विशेष आतङ्क मच्चाउदै आएको छ ।

भालुको डरले मानिसहरु साझ बिहान घरगोठ समेत डराई डराई गर्नु परेको हो ।

फेसबुक प्रतिक्रियाहरु