शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निषेधाज्ञामा भटौलीका युवाहरुको उदहारणीय काम : विद्यालय सरसफाई, सामाजिक काम
रामेछाप बिशेष

निषेधाज्ञामा भटौलीका युवाहरुको उदहारणीय काम : विद्यालय सरसफाई, सामाजिक काम

भदौ २१,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली थाक्लेस्थित एक युवा कल्वले कोरोना महामरीका बिच एक उदाहरणीय काम गरेको छ । आइतबार सोही ठाउँका युवाहरुको एक संगठन् मितेरी युवा कल्वबाट नेतृत्व गर्दै उनीहरुले कोरोना भाइरस संक्रमणबाट बच्नको लागि जारी निषेधाज्ञाको समयमा बाहिर हिड्डुल गर्ने समयको सदुपयोग गर्दै युवाहरुको समूहले सोही ठाउँको नबदुर्गा आधारभुत बिद्यालयमा सरसफाई गरेको सरसफाईमा संलग्न युवा संगठनका उपाअध्यक्ष छत्रबहादुर मुङ्ग्रातीले जानकारी दिए ।

उनका अनुसार ३० जानको समूहले पठनपाठन बन्द भएर वरिपरी झारपात, बन्माराले जंगल भएको विद्लयको संगठनले सामूहिक कार्य गरेर सरसफाई गरेको हो । २०६९ सालमा स्थापना भई सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको सो संगठनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य जारी राख्ने संगठनका सह-चिव  राजन रम्तेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु