मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • रामेछापमा थप १२ जनामा कोरोना पुष्टि : कूल संक्रमितको संख्या १७९, २० वर्षीय किशोरीको मृत्यु
रामेछाप बिशेष

रामेछापमा थप १२ जनामा कोरोना पुष्टि : कूल संक्रमितको संख्या १७९, २० वर्षीय किशोरीको मृत्यु

असोज २०,

रामेछाप । रामेछाप जिल्लामा सोमबार एकैदिन १२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जियमित मिडिया ब्रिफिङमा मन्त्रालयका डा.जागेश्वर गौतमले सोमबार १२ जना रामेछापेलीहरुमा कोरोना पोजेटिभ भएको बताए । लगत्तै जिल्ला अस्पताल रामेछापले भने ८ जनाको केही दिन अघिनै रिपोर्ट सार्वजनिक गरेको र बाँकि ४ जना मात्रै सोमबार थपिएको बताएको छ । जसमा २० वर्षीय महिलाको भने मृत्यु भै सकेको बताइएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन् ।

सोमबार पोजेटिभ हुनेमा ४ जनामा रामेछाप नगरपालिकाका २० वर्षीय महिला,  लिखुतामाकोशी गाउँपालिकाको ५६ वर्षका पुरुष, गोकुलगंगा गाउँपालिका २३ वर्षीय महिला, मन्थली नगरपालिका ८७ वर्षका पुरुष रहेका छन् ।

हालसम्ममा जिल्लाबाट पठाएको रिपोर्ट पोजेटिभ हुनेको संख्या ७७ र रामेछाप घर भएका काममा जिल्ला बाहिर रहेका हरुको स्वाब संकलनमा पोजेटिभ हुनेको संख्या ९७ गरि कूल संक्रमितको संख्या १७९ जना पुगेको छ ।

No description available.No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु