मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • दोरम्बामा ट्याक्टर दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु
रामेछाप बिशेष

दोरम्बामा ट्याक्टर दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु

असोज २०,

रामेछाप । रामेछापको दोरम्बामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक सोही गाउँपालिका वडा नं-७ पुडिटार बस्ने २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही ठाउँका अन्दाजी ५५ वर्षीय फुर्वा दोर्जे लामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । गएराति (सोमबार) ८ : ४५ बजेको समयमा दोरम्बा गाउँपालिका वडा नं-४ सानो शैलुङस्थित भित्री कच्ची सडक खण्डमा काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल लिई आउदै गरेको ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर एक्कासी सडकबाट अन्दाजी २०० मिटर तल खसेको छ ।

अहिले दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख वसन्त पाठकले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु