शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्यान्सर पिडितलाई मुक्तिनाथ महिला समुहद्वारा आर्थिक सहयोग
गोकर्नेश्वोर बिशेष

क्यान्सर पिडितलाई मुक्तिनाथ महिला समुहद्वारा आर्थिक सहयोग

असोज १८

काठमाडौँ । काठमाडौँको गोकर्नेश्वोर नगरपाकिला वडा नं ८ मा रहेको मुक्तिनाथ महिला समुह  र अमेरिका निवासी   हेम थापा  (हेम एण्ड माया फाउन्डेसन ) ले क्यान्सर पिडित १८ बर्षीय स्विकृती भट्टराईलाई आर्थिक सहयोग गरेको छ |

पिडितको स्थायी ठेगाना मोरङ जिल्ला रहेको छ भने हाल भक्तपुरको क्यन्सार हस्पिटलमा उपचार भइ रहेको छ | क्यान्सर पिडित भट्टराईलाइ उपचारको लागि केहि सहयोग होस् भनेर नगद  २१ हजार ७५ रुपैया सहयोग गरेको समुहकी अध्यक्ष बिमला श्रेष्ठले बताइन् ।

सो महिला समुहले बिगतका दिनहरुमा पनि धेरै सामाजिक कार्यहरु गर्दै आइ रहेको गोकर्नेश्वोर नगरपालिकाको अग्र पंक्तिको महिला समूह रहेको समुहका प्रमुख सल्लाहकार तथा संरक्षक राजु सुनारले बताए |

फेसबुक प्रतिक्रियाहरु