बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपालमा यसरी पुर्याइदैछ २५ हजार सक्रिय संक्रमित सङ्ख्या
समाचार

नेपालमा यसरी पुर्याइदैछ २५ हजार सक्रिय संक्रमित सङ्ख्या

 नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक जारी गरेको सुचना अनुसार कुनैपनी व्यक्ति कोरोना संक्रमन पुष्टि भयर होम आइसोलेसमा बसेको छ भने उस्लाइ कोरोना नेगेटिभ पुष्टि गर्नको लागि पुनः परिक्षण नगर्ने भनेको छ साथसाथै लक्षण नदेखियका व्यक्तिहरुको कोरोना परिक्षण नगर्ने पनि उक्त सुचनामा उल्लेख गरियको छ ।
तर व्यवहारमा फरक छ । सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक हजारौको सङ्ख्यामा भिडभाड रहन्छ । उक्त अस्पताल कोरोना अस्पताल बनाइयपछी त्याहाँ अन्य कुनैपनी रोगको उपचार हुँदैन तरपनी उक्त अस्पताल रातदिन मान्छेहरुको भिडभाडले घेरियको हुन्छ । उक्त अस्पतालमा आउने ९९% उपत्यका बाहिरबाट काठमाडौ आयकाहरु भेटिन्छन,ती मान्छेहरु कोरोना कोरोनाको परिक्षण गर्न त्याहाँ पुगेका हुन तर ती मध्य कुनैपनी कोरोनाको लक्षण देखियर चेकजाँच गराउन त्याहा पुगेका भने होइनन ।
उनिहरु काठमाडौका घरबेटी र आफुले काम गर्ने रोजगारदाताहरुलाइ आफू कोरोना संक्रमित नभयको प्रमाणपत्र पेस गर्नुपर्ने बाध्यताको कारण भोक,निन्द्रा केही नभनी रातदिन लाइन लागेर कोरोना परिक्षणको पालो कुरिरहेका देखिन्छन ।
त्याहाँ पुग्नेहरु सवै युवाहरु मात्रै हुँदैनन दुधे बालकहरु सहित आमाहरु र बृद्धबृद्धाहरु रातभरी चिसो भुइँमा लडिरहेका हुन्छन भने दिनभरी तातो घाममा सेकिरहेका हृदयबिदारक दृश्यहरु देखिन्छन। उक्त अस्पतालमा रातदिन लागिरहेने भिडभाडमा स्वास्थ्य सुरक्षाका कुनै मापदण्डहरु अपनाइयका हुँदैनन । उनिहरुको मुखमा एउटा मास्क बाहेक केही हुँदैन न व्यक्तिगत दुरि हुन्छ,न खानपिनको व्यवस्था हुन्छ ।
डव्लूएचओ अनुसार स्वास्थ्यको परिभाषा यश प्रकार छ । स्वास्थ्य भनेको आफु सुखी हुनका लागि चाहिने सबै थोक हुनु हो । साथै शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक रुपले पूर्ण तन्दुरुस्त हुने गतिशील अवस्था हो र रोग वा अशक्तताको अभाव मात्र स्वास्थ्य होइन ।
डव्लूएचओको सिद्धान्त बुँदागदरुपमा। (-) निरोगी हुनु हो । (-)स्वस्थ र राम्रो खानपिन हुनु हो । (-) खुशिहाल परिवार र राम्रा साथीहरू हुनु हो । (-) राम्रोसँग सचेत हुनु हो । (-) माया र सद्भावमा रहनु हो । (-) सुरक्षित बासस्थान हुनु हो । (-) ज्ञान र सम्बृद्धिको साथ हुनु हो । (-) मानिसको जिवन एक गतिशिल प्रक्रिया भएकाले फरक–फरक मानिसका लागि यो फरक हुन सक्छ । (-) एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ । (-) रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरुस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । (डव्लूएचओ, १९४६)
स्वस्थ खाना, शुद्ध हावा पानी, प्रकृति संग नजिक हुने, सूर्य किरण संग प्रत्यक्ष सम्पर्कमा रहने, आफ्नो घनिष्टता संग नजदिकी, माया स्नेह भावनाहरुको आदानप्रदान, हाँसो खुसी रमाइलो यि सबैले हामीलाई विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य परिभाषामा पर्दछ ।
तर यो परिभाषाको धज्जी उडेको टेकु अस्पतालको दृश्यले तजनाउछ नै स्वयं डव्लूएचओले पनि यो परिभाषाको बलात्कार गरिरहेको छ ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालयले नेपाल सरकारलाइ सकृय संक्रमितको सङ्ख्या २५ हजार पुग्यो भने पुनः लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ ,जसअनुसार आजको दिनसम्म नेपालमा सकृय संक्रमितको सङ्ख्या २० हजार पुगिसकेको छ,अब लकडाउन गर्न जम्मा ५ हजार सङ्ख्या आवस्यक देखिन्छ ।
यहाँ घोटाला कहाँनेर छ भने नेपाल सरकार आफै भन्छ कोरोना संक्रमित पुष्टि भयर होम आइसोलेसमा बसेकाहरुको कोरोना नेगेटिभको लागि पुनः परिक्षण हुनेछैन यस्को मतलब हो पोजेटिभ सङ्ख्या बढाइराख्ने तर नेगेटिभ सङ्ख्या नघटाउने ! अर्कोतर्फ सरकार आफै भन्दैछ लक्षण नभयकाहरुको परिक्षण नगर्ने तर दैनिक हजारौ लक्षण बिनाका परिक्षणहरु गरिरहने । अन्य अस्पतालहरुमा त थाहा भयन के कस्तो हुन्छ तर टेकु अस्पतालमा भने कोरोना पोजेटिभ देखियका बिरामिहरुको उपचार पछि सामान्य अवस्थामा आयो भने बिना परिक्षण नै डिस्चार्ज गरिन्छ यहाँ पनि सकृय कोरोना संक्रमितको सङ्ख्या घटेन तर मान्छे संक्रमन मुक्त भयर घर फर्किसक्यो । यदि कुनै व्यक्तिले चारवटा फरकफरक अस्पतालमा कोरोना परिक्षण गरायो र रिपोर्ट पोजेटिभ आयो भने संक्रमितको सङ्ख्या ४ गनिन्छ तर उक्त व्यक्ति सन्चो हुँदा एकठाउँमा परिक्षण गरायो र रिपोर्ट नेगेटिभ आयो भने बाकी ३ सकृय संक्रमितको सङ्ख्या घटेको हुँदैन ।
यतिमात्रै होइन धेरै अस्पतालहरुले परिक्षण नै नगरी,स्वाब संकलन नै नगरी कोरोना पोजेटिभ वा नेगेटिभ रिपोर्ट दियका थुप्रै घटनाहरु बाहिरिसकेका छन ।
यस्तो गम्भीर विषयमा न कुनै मुलधारका मिडियाहरुको चासो छ,न कुनै बुद्धिजिविहरुको,न कुनै राजनीतिक दलहरुको भने सर्वसाधारण सामु यो कुरा पुग्ने माध्यम नै कुनै हुँदैन । यो घोटालाको विरुद्ध केही समयदेखी केही बुद्धिजिवि,समाजसेवीहरुले निरंतर बोलिरहेपनी उहाँहरुलाइ मुलधारका कुनैपनी मिडियाहरुले स्पेस दिइरहेका छैनन भने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले घोटाला विरुद्ध कसैलाइ पनि नबोल्न र यदि कोहि बोल्यो भने पक्राउ गरि कारबाही गर्ने धम्की दिइरहेका छन ।
यो सब किन भैरहेको छ,कस्ले गरिरहेको छ,यो अपराध गरेबापत कस्लाइ के कति फाइदा र कस्लाइ के कति नोक्सान हुन्छ भनेर सचेत वर्गहरुले खोज अनुसंधान गर्ने होइन भने सबैभन्दा ठूलो शंकटको सामना गर्न अब तयार रहेर बस्नुपर्ने अवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु