बिहिबार, बैशाख २०, २०८१
समाचार

सुनचाँदीको भाउ घट्यो

असोज १५,
काठमाण्डाै । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु