बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज पश्चिम नेपालबाट मनसुन बाहिरिदै
समाचार

आज पश्चिम नेपालबाट मनसुन बाहिरिदै

असोज १५,

काठमाण्डाै । आज पश्चिम नेपालबाट मनसुन बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । निक्कै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ । यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको मनसुन आज पश्चिमबाट बाहिरिए पनि देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभरका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै तथा अरु प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । अहिले देशभरिकै मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

फेसबुक प्रतिक्रियाहरु