शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजस्थानलाई हराउँदै कोलकाताको पहिलो जीत
समाचार

राजस्थानलाई हराउँदै कोलकाताको पहिलो जीत

असोज १५,

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। लगातार दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले बुधबार ३७ रनको जित पार्‍यो।

१ सय ७४ रनको लक्ष रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरमा ९ विकेटमा १ सय ३७ रनमात्र बनाउन दियो।​ कोलकाताको यो पहिलो जीत हो। राजस्थानका टम कुरान ५४ रनमा अविजित रहे ।

त्यसबाहेक दोहोरो स्कोर बनाउनेमा जोस बटलर २१ र राहुल टेवाटिया १४ रन बनाए। कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।

फेसबुक प्रतिक्रियाहरु