बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल जेसिजकाे क्षेत्रिय सम्मेलन रामेछापकाे मन्थलीमा हुदै
रामेछाप बिशेष

नेपाल जेसिजकाे क्षेत्रिय सम्मेलन रामेछापकाे मन्थलीमा हुदै

असोज १४,

रामेछाप । नेपाल जेसिजकाे क्षेत्र (ग) काे सम्मेलन आगामी भदाैमा रामेछापकाे मन्थलीमा हुने भएकाे छ । यहि आउदो २०२१ ठिमीमा भएकाे सम्मेलनले यस्ताे निर्णय गरेकाे हाे ।

नेपाल जेसिजकाे आयाेजना तथा ठिमी जेसिजकाे आतित्थ्यतामा भएकाे बर्ष २०२० काे क्षेत्र (ग) सम्मेलनले आगामी बर्ष २०२१ काे क्षेत्रीय सम्मेलन रामेछापकाे मन्थली गर्ने निर्णय गरेकाे हाे ।

 

यस वर्ष काेभिड १९ का कारण क्षेत्र (ग) अन्तर्गतका शाखा अध्यक्षहरुकाे सहभागीतामा सम्पन्न गरिएको रामेछाप जेसिजका अध्यक्ष गाेपाल खड्काले जानकारी दिएका छन् । उक्त सम्मेलनले आगामी
वर्षकाे क्षेत्र (ग) सम्मेलन रामेछापकाे सदरमुकाम मन्थलीमा गर्ने निर्णय भएकाे अध्यक्ष खड्काले जानकारी गराए । नेपाल जेसिजकाे आयाेजना तथा रामेछाप जेसिजकाे आतित्थ्यतामा हुने उक्त सम्मेलनमा क्षेत्र (ग) अन्तर्गतका ३३ वटा शाखाकाे ५०० देखि ७०० जना प्रतिनिधिकाे सहभागी रहने छ । नेपाल जेसिजकाे सम्मेलन मन्थलीमा पहिलाे पटक हुन लागेकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु