बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • रामेछापको खाँडादेवीमा सबै विद्यालय संचालनमा : विद्यालय अनुगमन
रामेछाप बिशेष

रामेछापको खाँडादेवीमा सबै विद्यालय संचालनमा : विद्यालय अनुगमन

असोज १४,
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका सबै विद्यालय खुलेका छन् । गत आइतबारदेखि पालिकाका सबै विद्यालय खुलाइएको पालिका प्रमुख प्रेम बहादुर तामाङ्ले जानकारी दिए । उनका अनुसार केही दिन अघि पालिकाको एक भेलाले विद्यालय खोल्ने निर्णय गरेको हो ।

 

पालिकामा करिव ५ हजार ५ सयभन्दा बढी विद्यार्थी रहेका छन् । गत चैत्रदेखि बन्द विद्यालयहरु कोरोनाको जोखिम रहे पनि बिद्यार्थीहरु पठनपाठनबाट मुक्त हुने र शैक्षिक सत्रनै खेरा जाने स्थिति देखा परेकाले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका उपायहरु अपनाएर विद्यालय खुल्न थालेका हुन् । नेपाल सरकारले पनि विद्यालय खुलाउने जिम्मेवारी स्थानीय तहहरुलाई हस्तान्तरण गरिसकेको छ । पालिकाकाभित्र ६४ वटा विद्यालय रहेका छन् ।

पठनपाठन उच्च साजधानी अपनाएर संचालन गरिएको भारति मा।विका अनेरास्विवूका पूर्वविद्यार्थी संघका नेता गणेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार सोमबार पालिकाका १० वाट विद्यालयमा अनुगमन गरि शिक्षण संस्थाहरु कोरोना विरुद्ध सावधानी उच्च अपनाइएको पाइएको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु