शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस रामेछापको सभापतिको लागि उमेदवारी दिने कान्छारामको औपचारी घोषण : युनियनलाई कार्यालय सामाग्री
रामेछाप बिशेष

नेपाली कांग्रेस रामेछापको सभापतिको लागि उमेदवारी दिने कान्छारामको औपचारी घोषण : युनियनलाई कार्यालय सामाग्री

असोज १२,

रामेछाप । नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्णबहादुर तामाङ्  (कान्छाराम) ले जिल्ला पार्टी सभापतिको घोषणा गर्ने  औपचारी रुपमा घोषणा गरेका छन् । सोमबार (आज) नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रामेछापलाई कार्यालय संचालन सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा दोहोर्याएका हुन् ।

यसअघि उनले पार्टी सभापतिको घोषणा गरेको समाचारहरु केही संचार माध्यममा आएका थिए । उनले सामाग्री युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारीलाई युनियनको कार्यालयमा आयोजना गरिएको एक सभामा हस्तान्तरण गर्दै आफूले जिल्लामा पार्टीको संगठनलाई एक बनाउनको लागि उमेद्वारी दिने घोषणा गरेको बताए ।

जिल्लामा नेपाली कंग्रेस नगन्य मात्रमै सिमित् भएको ठहर गर्दै उनले पार्टीलाई बलियो र मजबुत् बनाउनको लागि आफूले उमेद्वारी दिने निर्णय गरेको उनले बताए । हालको कार्यसमितिले संगठनलाई विस्तार गर्न नसकेको उनको बुझाइ छ । आठ वटा स्थानीय तह रहेको जिल्लामा आठैवटा स्थानीय तहमा कांग्रेसको गड् बनाउने उनले योजना बताए ।

कार्यक्रममा युनियनको कार्यालय संचालनको लागि कम्प्युटर सेट्, फोटो कपि मेसिन् हस्तान्तरण गरेका छन् । त्यस्तै तामाङ्ले युनियनको एक वर्षको कोठाभाडा तिरिदिने घोषणा पनि गरेका छन् ।

कान्छाराम तामाङ भन्दा पहिले युनिुयनलाई जिल्लाको खाँडादेवी गाउँपालिकाका स्थानीय तथा नेपाली कांग्रेसका समाजसेवी नेता नारायण कार्की  र समाज सेवी तथा कांग्रेस नेता भतर चौलागाईले पनि आर्थि सहयोग गरेका थिए । उनीहरुले युनियनको संस्थागत विकासको लागि सो सहयोग गरेको र सहयोगले युनियनलाई संस्थागत रुपमा हौसला प्राप्त भएको जिल्ला अध्यक्ष अधिकारीले बताए । उनले दाताहरुलाई संस्थागत रुपमा धन्वाद् व्यक्त गरे  ।

फोटो हेर्नुहोस्

फोटो मिलन घिमिरे/ जुनेली

फेसबुक प्रतिक्रियाहरु