शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुनापतीको खानीखोलामा साढे ५ करोडमा पक्की पुल बन्दै
रामेछाप बिशेष

सुनापतीको खानीखोलामा साढे ५ करोडमा पक्की पुल बन्दै

असोज ११

रामेछाप । रामेछापको सुनापती गाउँपालिकाको खानीखोलामा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिकाको केन्द्र हिलदेवीबाट वडा नम्बर १ जोडन खानीखोलाको खिम्ती वेसींमा पक्की पुल बन्न लागेको हो ।

सुनापती गाउँपालिकाको सक्रियतामा बागमती प्रदेशको आर्थिक सहयोमा उक्त पुल निर्माणको काम अगाडि बढन लागेको हो । पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिनाले खानीखोलामा पुल निर्माण गर्नको लागि ठेक्का आह्वान गरिएको बताए ।

उनका अनुसार करिब चालिस मिटर लम्बाई रहेको पुल निर्माण गर्न साढे पाँच करोड बजेटमा ठेक्का आह्वान गरिएको छ । उक्त पुल निर्माण भएसँगै एक नम्बर वडाका नागरिकहरुलाई गाउँपालिकाको केन्द्रको साथै सदरमुकाम मन्थली जान समेत सहज हुने भएको छ । खानीखोलामा पक्की पुल नहुँदा बर्षाको समयमा यातायात सञ्चालन गर्न समेत कठिनाई हुँदै आएको थियो ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु