बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
समाचार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

असोज ११

काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७३ हजार ३९४ पुगेको छ । २४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन ।

योसहित नेपालमा ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ , ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु