शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • १२ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्ट : एकजना पक्राउ, हत्या गर्नेविरुद्ध प्रमाण बटुलिसकेका छौँ : प्रहरी
समाचार

१२ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्ट : एकजना पक्राउ, हत्या गर्नेविरुद्ध प्रमाण बटुलिसकेका छौँ : प्रहरी

असोज ११,

डडेल्धुरा । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना बिकको बलात्कारपछि हत्या भएको खुलेको छ। जिल्ला अस्पताल बझाङमा गरिएको पोस्टमार्टमबाट बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

जिल्ला अस्पतालले शनिबार साँझ प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा सम्झनाको बलात्कारपछि हत्या भएको उल्लेख छ। यस्तै डिएसपी खड्काले घटनामा संलग्नताको आशंकामा पक्राउ परेका त्यही ठाउँका १८ वर्षीया राजेन्द्र बोहराविरुद्ध तथ्य फेला पारिसकेको बताए। ‘हामीले बोहराविरुद्ध थुप्रै ठोस प्रमाण फेला परिसकेका छौं’, उनले भने, ‘हत्या उनले नै गरेको भन्ने आधिकारिक बयान मात्रै बाँकी छ,’ डीएपी खड्काले भने।

यो पनि पढनुहोस्

बुधबार सम्झना मृत फेला परेकी थिइन्। साँझ साढे ५ बजे घरबाट गाई–गोरु गोठभित्र बाँध्न निस्केकी उनी मृत भेटिएकी थिइन्। साँझ गोठमा वस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना ढिलासम्म घर नआएपछि परिवारले खोजी गर्दा राति ८ बजेपछि गोठ नजिकैको शिव मन्दिरमा नग्न अवस्थामा उनको शव भेटियो।

निर्वस्त्र सम्झनाको शरीरभरी निलडाम र टाउकोमा चोट लागेको अवस्थामा शव भेटियो। बिहान गाई–गोरु बाहिर ल्याउने र साँझ भित्र बाँध्ने काम उनले नै गर्थिन्। घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेलमा पनि उनकै काँधमा थियो। र, त्यसमा उनी निपुण थिइन्। घरदेखि आधा घन्टा टाढा गोठ छ। बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् सम्झना।

उनी घरको सबै जसो काम गर्थिन्। हजुरबुवा हजुरआमा साथ बसिरहेकी उनी कक्षा ६ मा अध्ययनरत थिइन्। सम्झनाका आमाबुवा ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा छन्। बिजुली र आमा धउली कामी रोजगारीका लागि भारत कर्नाटकमा छन्।

सम्झनाको मृत्यु खबर सुनेपछि उनीहरु घर फर्किदैछन्। उनका माइली, साइँली बहिनी र फूपू लक्ष्मी कामी घरमा छन्। बुवा उनीहरू साथ एक छोरा र दुई छोरी उतै छन्।

फेसबुक प्रतिक्रियाहरु