शनिबार, साउन १२, २०८१
  • होमपेज
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या
समाचार

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

असोज ०९,

काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी एक बालिकाको बलात्कारपछि हत्या भएको हो । मृत भेटिएकी बालिकाकाे योनिबाट रगत बगेको र सुरुवाल खाेलिएकाे थियाे ।

घटनाको जानकारीपश्चात् बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काको टोली घटनास्थल पुगेको थियो ।

बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न अवस्थामा फेला परेको डिएसपी खड्काले जानकारी दिए । घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने उनको भनाइ छ ।

हत्या आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।फोटो सामाजिक संजाल

 

फेसबुक प्रतिक्रियाहरु