शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तामाकोशी नदीमा हाम्फालेर थापा बेपत्ता : खोजी कार्य जारी
रामेछाप बिशेष

तामाकोशी नदीमा हाम्फालेर थापा बेपत्ता : खोजी कार्य जारी

असोज ११,

रामेछाप । रामेछापको मन्थलीमा तामाकोशी नदीमा हाम्फालेत एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मन्थली नगरपालिका वडा नं २ टेकानपुरका स्थानीय अन्दाजी ५१/ ५२ वर्षीय (रामजी) भनिने शिवबहादुर थापा रहेका छन् । शनिबार उनी तामाकोशी नदीमा हाम्फालेर बेपत्ता भएका हुन् । शनिबार दिन भरी काम गरेर घर आएका उनी साँझघरयारी समस्याका कारण नदीमा हाम्फालेको स्थानीय सोनु रोकाले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार साँझ घरबाट हिडेका उनी करिब ७/८ बजेको समयमा आफन्ताहरुलाई नदी किनारबाटै फोन गरी मनाई नखोज्नुम तामाकोशी नदीमा डुबे भनेर उनले लगाएको लुगा, फोन नदी छेउमा फुकालेर उनी बेपत्ता भएको खबर आएको छ । सोनुले भने । उनको खोजी कार्य भैरहेको छ ।

जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले पनि उनको खोजीमा सहकार्य गरेको र रातभरी खोज्दा पनि नभेटिएको बताए । उनको खोजी जारी छ, हामीले उनको कपडा फेला पारेका छौं हामीलाई आधिकारी निवेदन दर्ता भने आएको छैन् । हामी खोजीमै छौ भने ।

फेसबुक प्रतिक्रियाहरु