शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बारबर्दियामा पाँच दिनका लागि निषेधाज्ञा जारी
समाचार

बारबर्दियामा पाँच दिनका लागि निषेधाज्ञा जारी

असोज ११,

बर्दिया । बारबर्दिया नगरपालिकामा पाँच दिन निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार बिहानदेखि असोज १४ गते मध्यरातिसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

गत बुधबार वडा नम्बर ३ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। पछिल्लो पटक लक्षणसहितका संक्रमित थपिन थालेपछि संक्रमण नियन्त्रण गर्न नगरपालिकामा निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताए।

निषेधाज्ञा अवधिभर आवश्यक कामबाहेक हिँड्डुलमा समेत रोक लगाइएको छ। वित्तीय संस्था, बजार, उद्योग, कारखानालगायत बन्द गरिएको छ। दमकल, एम्बुलेन्स, विद्युत्, खानेपानीका गाडी सञ्चान गर्न पाइने छ।

यस्तै, अत्यावश्यक सरकारी कार्यालय, औषधि, खाद्यान्न पसल सञ्चालनमा आउने प्रजिअ अधिकारीले बताए।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु